काठमाडौँ, ४ भदौ । खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ३२ वर्षीय ध्रुवप्रसाद रिजाल र सोही पालिका–९ का ३१ वर्षीय नरेश भट्टराई छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ३४.६४० ग्राम खैरो हेरोइन बरामद भएको छ । उनीहरूलाई विराटनगरबाट पक्राउ गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्