Banner News

हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री वाग्ले



काठमाडौँ, ६ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उक्त अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उहाँको भनाइ छ ।

छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने ?’ भनी प्रश्न गरेपछि उहाँले सरकारको धारणा स्पष्ट पार्नुभएको हो । “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ । तर, अहिले हामीलाई  यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उहाँले भन्नुभयो ।