सुर्खेत, २० भदौ । वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बराहताल गाउँपालिका—४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाहीको मृत्यु भएको छ ।
गएराति ११ बजे वीरेन्द्रनगर नगरपालिका—९, पिपलडाँडा स्थित लाटिकोईली चोकबाट मंगलगढी चोकतर्फ आउँदै गरेको क.प्र.०२००२ प १३९९ नम्बरको उनको मोटरसाइकल अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किएको थियो । घाइते उनको न्युरो अस्पताल नेपालगन्जमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्