समाचार

सामाजिक सद्भावमा खलल पुर्‍याउने एक जना पक्राउ 



काठमाडौँ, २२ भदौ । काठमाडौँका सार्वजनिक स्थानहरूमा मधेसवासी समुदाय लक्षित अभिव्यक्ति लेखि सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सार्वजनिक स्थलमा द्वन्द्व भड्काउने शब्दहरू लेख्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले भदौ २० गते खोटाङको बाक्सिला घर भई हाल काठमाडौँको शङ्खमूल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले शङ्खमूलबाट पक्राउ परेका गुरुङलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।