समाचार

एक युवक मृत फेला



सुर्खेत, ५ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन् ।

अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र रोकाया वीरेन्द्रनगर–८ स्थित नवीनकुमार केसीको घरमा बिहीबार बिहान आफू सुत्ने कोठामा मृत फेला परेका हुन् । उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए।

रोकाया विगत एक वर्षदेखि लोक सेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।