समाचार

खोलाले बगाउँदा १६ वर्षीय किशोर बेपत्ता



काठमाडौँ, २४ भदौ । बाजुराको जगन्नाथ गाउँपालिकामा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १७ वर्षीय छोरा अनुज सिंह बाख्रा चराउन गएको अवस्थामा कालसिङ्गे खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् ।

मंगलवार दिउँसो करिब १ बजे खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो । प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको कमान्डमा तीन जनाको टोली बेपत्ता किशोरको खोजी तथा उद्धारका लागि घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी जुड्डीबाट करिब चार घण्टा पैदल पश्चिमतर्फ पर्छ । किशोरको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ ।