काठमाडौँ, २५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले तीन करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कम्पनीले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम सहयोग गरेको हो । सहयोग रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
यसैगरी कम्पनीले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका अति प्रभावित क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ उपलब्ध गराएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्