काठमाडौँ, ३० भदौ । नेपाल स्टक एक्सचेन्ज परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ ।
नेप्से परिसूचक ४८.५७ अङ्क अर्थात १.८७ प्रतिशतले वृद्धि भई २ हजार ६३३.६२ विन्दुमा पुगेको छ । बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ ।
मङ्गलबार बजारमा ३४७ वटा कम्पनीको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर कुल ७८ हजार ८६९ पटक किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँभन्दा बढी को कारोबार भएको छ। सोमबार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
सरकारको नयाँ कार्ययोजनाले लगानीकर्तामा उत्साह भरेपछि बजारमा खरिदकर्ता हाबी भएका छन् । जसअनुसार कारोबारमा आएकामध्ये २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १२ वटा कम्पनीको मूल्यमा मात्र गिरावट आएको छ । १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।










प्रतिक्रिया दिनुहोस्