काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन् ।
आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबारे अध्ययन तथा आवश्यक छानबिनका निम्ति संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो ।










प्रतिक्रिया दिनुहोस्