अर्थ

नेप्से परिसूचक २१.१९ अङ्कले घट्यो



काठमाडौँ, ३१ भदौ । आज नेप्से परिसूचकमा  २१.१९ अङ्क घटेर २६१२.४२ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.५० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अङ्क घटेको छ।

तर नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। जसमा ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । 

१३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक  १.०४ प्रतिशत घटेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ। 

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ। त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनएमबी हाइब्रिड फण्ड एल २ को इकाईमूल्य ७.७३ प्रतिशत घटेको छ ।