काठमाडौँ, १० असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।
आज विश्व मुटु दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिक स्वस्थ नभएसम्म देशमा समृद्धि र विकास सम्भव नहुने स्पष्ट पारेका हुन् ।
उनले हेटौँडा र भक्तपुर अस्पतालमा क्याथल्याब सहितको कार्डियो सेवा सुरु गर्न बजेट विनियोजन गरिएको जानकारी दिए। हृदयघात हुँदा बिरामीलाई काठमाडौँसम्म ल्याउन धेरै समय लाग्ने भएकाले मोफसलमै प्राथमिक उपचारको व्यवस्था गरिएको उनले बताए।
उनले भने, ‘हृदयाघातको जोखिमलाई मध्यनजर गर्दै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, हेटौँडा र चितवनलगायत १० वटा अस्पतालमा आवश्यक भ्याक्सिनको व्यवस्था मिलाइएको छ,’ ।
यसैगरी रसुवामा बाढीपछिको विपद् व्यवस्थापन, क्षतिपूर्ति तथा राहत वितरणमा प्रदेश सरकार गम्भीर भएर लागेको मुख्यमन्त्री थापाले जानकारी दिए । नदी कोरिडोर र बगर क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थित पुनर्निर्माण गरिने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्