Banner News

पूर्वप्रधान न्यायाधीश जबरा प्रहरी कार्यालयबाट छुटे



काठमाडौँ, ११ असोज । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् ।

गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आज दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन् ।

प्रहरीले उनलाई पक्राउ नगरेर सुरक्षाको लागि आफ्नो कार्यालयमा ल्याएको दावी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई कार्यालयबाट सुरक्षित स्थानमा लगेर छाडेका हुन् ।

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ ।