सुनसरी, १९ असोज । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा यही असोज १४ गतेदेखि इटहरीमा जारी श्रम रोजगार मेलालाई आइतबार सम्बोधन गर्दै मन्त्री पुनले विश्वविद्यालय तथा कलेजमा पठनपाठनसँगै अनुसन्धान, आविष्कार र नवप्रवर्तनका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने, “पढेरमात्रै जागिर पाइँदैन, पढाइको साथसाथै सीप हुनुपर्यो । नवप्रवर्तनमार्फत उत्पादित वस्तुको व्यवसायीकरण गरेर आफैँ उद्यमी बन्न सके जागिर खोज्नु पर्दैन ।”










प्रतिक्रिया दिनुहोस्