समाचार

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु



बर्दिया, ८ मंसिर । राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट सोमबार साँझ घटनास्थलमै मृत्यु भएको हो । आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो ।