काठमाडौँ, २० असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।
आज सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् ।
विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि काम गरिरहेको उनले बताए । तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी उनले दिए ।
उनले भने, ‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौँ । तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन र बाटो सञ्चालनमा ल्याइसकिएको छ । चीन पक्षसँग दैनिकजसो नियमित संवाद भइरहे पनि उहाँहरू अझै तयार हुनुभएको छैन । विपद्का कारण देखाएर चिनियाँ सरकार नाका सञ्चालनमा केही हदसम्म अनिच्छुक देखिएको छ र ‘ग्रिन सिग्नल’ दिइसकेको छैन । यद्यपि हामी प्रयासरत छौँ र चाँडै नाका खोल्न सफल हुनेछौँ ।’










प्रतिक्रिया दिनुहोस्