काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । पक्राउ पर्ने व्यक्तिहरूमा धनुषाका योगेन्द्र राउत यादव (४१ वर्ष), भक्तपुरकी एलिसा अधिकारी (२५ वर्ष), दार्चुलाका हरिस सिंह महरा (२९ वर्ष) र बाराका राजेश प्रसाद जयसवाल (४५ वर्ष) रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्