काठमाडौँ, २५ असोज । गोर्खाको चुमनुम्ब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ ।
गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।
यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ । त्यसैले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आकस्मिक बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम रहेकाले त्यहाका बासिन्दा सतर्क हुनुपर्ने मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्