काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ ।
आज बिहान मौसम अनुकूल भएसँगै नेपाल एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान सञ्चालन गरेको हो । नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत २४ जेठदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको थियो ।
वर्षायाम सुरु भएसँगै बिहान बाक्लो बादल लाग्ने र मौसम खराब हुने क्रम बढेपछि निर्धारित तालिकाअनुसार उडान सञ्चालन गर्न कठिनाइ भएको उनले बताए । उनका अनुसार वर्षायाममा हरेक वर्ष मौसम प्रतिकूलताका कारण रेसुङ्गा विमानस्थलको उडान करिब अढाइ महिनासम्म प्रभावित हुने गरेको छ ।
यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन आइतबार, मंगलबार र शुक्रबार नियमित उडान गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्