काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेका हुन् ।
ती अध्यादेशमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्