काठमाडौँ, ३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ ।
आज उनलाई साइबर ब्युरो लगिएको हो । ‘जनआस्था’ साप्ताहिक पत्रिकामा छापिएको समाचारका विषयमा कलाकार हिमेश पन्तले उनीविरुद्ध उजुरी दिएका थिए ।
सोही विषयमा छलफलका निम्ति भन्दै ‘जनआस्था’का प्रधान सम्पादक श्रेष्ठलाई काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरो लगिएको हो ।
उनलाई लिन प्रहरी टोली शनिबार बिहान ललितपुरको नक्खुस्थित निवासमै पुगेको थियो ।










प्रतिक्रिया दिनुहोस्