पाकिस्तान, ७ कार्तिक । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना आतङ्कवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, गाब्द सीमा नाका र ग्वादर सहर आसपासका क्षेत्रमा हिंसात्मक गतिविधि गर्ने प्रयास भएपछि सुरक्षा बलले कारबाही अघि बढाएको थियो । सेनाका अनुसार, उक्त घटनाक्रमका क्रममा एक सर्वसाधारणको मृत्यु भएको छ भने केही सवारीसाधनमा क्षति पुगेको छ ।
बलुचिस्तान पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित प्रान्त हो । यस क्षेत्रमा समय–समयमा सशस्त्र हिंसा र सुरक्षा कारबाहीका घटना हुँदै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्