काठमाडौँ, ७ कार्तिक । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँको नागढुङ्गाबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना, रूपन्देहीबाट बुप्रेनोर्फिन, फेनारगन र डाइजापामसहित एक जना, रुकुम पूर्वबाट गाँजा र चरेसजस्तो पदार्थसहित दुई जना, नवलपरासी पश्चिमबाट स्पास्मो ट्याब्लेटसहित एक जना तथा पर्साको वीरगञ्जबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेकाहरूबाट लागूऔषध बरामद गरेको जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्