समाचार

आजको मौसम



काठमाडौँ, ९ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।