समाचार

काठमाडौँ उपत्यकाबाट ११८ जना पक्राउ



काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ ।

काठमाडौँबाट मात्रै ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको काठमाडदं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको छ । यस्तै उपत्यकामा सोही अवधिमा ५१४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६४ जना, लागुपदार्थ सेवन गर्ने २ जना, तीव्र गतिमा सवारी चलाउने ४० जना, रातो बत्तिको उल्लंघन गर्ने २१ जना रहेका छन् भने बाँकी अन्य ट्राफिक नियम उल्लंघन गर्नेहरु रहेका छन् ।