समाचार

एनपीएलमा आज दुई खेल हुँदै



काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ ।

साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ ।

हिजोको उदघाटन खेलमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीले ७ विकेटले हराएको थियो ।