काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–८, सुन्दरनगर ६२ वर्षीय मानबहादुर राजी रहेका छन् ।
सोही ठाउँका ४० को ‘मैते’ भन्ने टेकबहादुर विकले गएराति ११ बजेको समयमा चिरपट (दाउरा) ले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए ।
घाइते भएका राजीलाई उपचारको लागि प्रदेश अस्पताल पुर्याइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि राति थप उपचारको लागि कोहलपुर मेडिकल कलेज, कोहलपुर पुर्याइयो ।
यद्यपि, त्यहाँ पनि सुधार नआएपछि उनको मृत्यु भएको हो । कुटपिट गर्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरीरहेको छ ।










प्रतिक्रिया दिनुहोस्