काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा गुजरात घर भएका २३ वर्षीय भंवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् । अमेरिकाबाट कुरियर गरेर पठाइएको १ केजी ३३८ ग्राम गाँजा बरामद गरिएको हो ।
कार्तिक १० मा कुरियर मार्फत डकुमेन्टको आवरणमा विमानस्थल हुँदै ल्याइएको गाँजा कन्ट्रोल डेलिभरीमार्फत बरामद गरिएको हो । पक्राउ परेका भारतीयहरूमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्