पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु भएको हो । घाइते भएका उनको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । गएराति ३ बजेतिर भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्