समाचार

काठमाण्डू गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको आठ विकेटको जित



काठमाडौँ, १२ कार्तिक । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध आठ विकेटको जित निकालेको छ । 

आज जनकपुरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको ११६ रनको लक्ष्य १७.२ ओभरमा पूरा गर्‍यो । यो जितसँगै जनकपुरले तेस्रो सिजनमा जितको खाता खेल्दै दुई अंक जोडेको छ ।