काठमाडौँ, १२ कार्तिक । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर २६९५.६० विन्दुमा बन्द भएको छ । अघिल्लो दिन बुधबार पनि नेप्से सूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा बन्द भएको थियो ।
यस दिन सबै उपसमूहको सेयर मूल्य वृद्धि भएको छ । कुल ३५० कम्पनीको दुई करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच भयो । जसबाट कुल कारोबार रकम आठ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँ पुगेको छ । कुल ६९ हजार ६१६ पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्