डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् ।
गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए । १७ जना कैदी रहेकोमा पुर्पक्षमा थुनामा रहेका २ जना र ६ जना कैदी सुरुङ खनेर भागेको उनले बताए । उनीहरूको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्