Banner News

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द



काठमाडौँ, १४ कार्तिक । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको नयाँ ठेक्का प्रक्रिया रद्द भएको छ । 

आयोजनाले सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । उक्त ठेक्काको आर्थिक प्रस्ताव कात्तिक १६ गते खोल्ने तयारी गरिएको थियो । नयाँ ठेक्का प्रक्रियामा सहभागी कम्पनीमध्ये तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए । उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला आयोजनाले बोलपत्र नै रद्द गरेको हो ।