काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा प्रहरी गाडी तेर्स्याउने र समाचार कक्षमै प्रहरी घुसाएर तर्साउने जस्ता कार्यहरूको भर्त्सना गरेका छन्।
आज प्रेस वक्तव्यमा उनले यस्ता कार्य कुनै पनि लोकतान्त्रिक सरकारको चरित्र हुन नसक्ने र यो राज्यशक्तिको नग्न दुरुपयोगका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हमला भएको बताएका हुन्।
अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएर समाचार सार्वजनिक भइरहेको तथा उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउन लागिएका विषय बाहिर आएको उनले उल्लेख गरेका छन्। कार्यस्थलमा रहेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर उनीहरूको काममा हस्तक्षेप गरिएको र यस्ता प्रकरण जनसमक्ष ल्याउने पत्रकारमाथि पक्राउ पुर्जीबिनै धरपकड गरिएको उनले जनाएका छन्। कोही पत्रकारलाई साइबर ब्युरोमा बोलाइएकाले नेपालमा समाचार लेख्ने वातावरण सङ्कुचित हुँदै गएको र सरकार प्रश्नभन्दा माथि रहेको देखिएको उनको भनाइ छ।
यी यावत् विषयमा प्रधानमन्त्रीको सचिवालय बेखबर रहेको, गृह प्रशासन अनभिज्ञ रहेको र प्रहरी प्रवक्ता बुझ्दैछौँ भन्ने तर पक्राउ परेका पत्रकारले भने प्रधानमन्त्री कार्यालयकै दबाबमा पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको वक्तव्यमा उल्लेख छ। प्रधानमन्त्रीको निर्देशन र सरकारका प्रत्येक कार्य कानुनसम्मत










प्रतिक्रिया दिनुहोस्