काठमाडौँ, १६ कार्तिक । इलाममा अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
उनको स्थास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौँ ल्याइएको हो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ । स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।
विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत वर्ष असोज १४ गते राति करिब ८ बजे नै उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।










प्रतिक्रिया दिनुहोस्