समाचार

काठमाडौँको विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द



काठमाडौँ, १७ कार्तिक । काठमाडौँको चाबहिलसहित विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मत सम्भारका लागि आज  बिहान तीन घण्टा विद्युत् आपूर्ति बन्द गरेको हो ।  

प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

उक्त अवधिमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने प्राधिकरणले जनाएको छ ।