राजनीति

कानुन समितिको बैठक बस्दै: बोलायो मन्त्रीलाई



काठमाडौँ, १७ कार्तिक । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ । 

दिउँसो १ बजे बस्ने बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुतकर्ता सांसदहरूसँग छलफल हुनेछ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री,  संशोधनकर्ता सांसद र माननीय सदस्यहरू, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाइएको छ ।