काठमाडौँ, १८ कार्तिक । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् । भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्