काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने पाँच वर्षीय एलेक्स थारू छन् ।
आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार दिउँसो उनको मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्