काठमाडौँ, १९ कार्तिक । २०८३ साल कार्तिक १९ गते बिहीबारको राशिफल ।
मेष : दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।
वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । शिक्षामा प्रगति हुनेछ । परिवारले साथ दिनेछन् । राजनीति नगर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन राम्रो छ । आम्दानी र खर्च बराबर हुने दिने छ । । कतै रमाइलो यात्रा तय हुन सक्छ । साथीभाईसँगको भेटले मनमा खुसी मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ । सामाजिक क्षेत्रमा इज्जत बढ्ने छ ।
सिंह : आज धन आर्जन हुनेछ । तर बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ ।
कन्या : दिन राम्रो छ । कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ ।
तुला : दिन सामान्य राम्रो छ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । तर खर्च भने बढ्ने देखिन्छ ।
वृश्चिक : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् । पुराना साथीको साथ मिल्नेछ ।
धनु : दिन राम्रो छ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा बढुवा हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मकर : दिन राम्रो छ । ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ । विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ । सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । विपक्षीको साथ मिल्नेछ।
कुम्भ : आज जोगिएर काम गर्नुपर्ने दिन छ । शत्रु बढ्ने भएकाले सचेत हुनुहोला । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । श्रमको मूल्य प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
मीन : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ । विपक्षी साथीको साथ मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।










प्रतिक्रिया दिनुहोस्