Banner News

आजको मौसम



काठमाडौँ, १९ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्ने र देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका  एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।