समाचार

आज काग तिहार मनाइँदै



काठमाडौँ, २१ कार्तिक । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ ।

यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज कागको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउनुपर्ने भट्टराई बताउँछन् । यसअनुसार यमदीप दान शुक्रबार बेलुका नै गरिएको थियो ।

धनवन्तरी जयन्ती भने कात्तिक २१ गते शनिबार अर्थात् आज परेको छ । तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

(म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ । यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।