समाचार

१७ जना जुवाडे पक्राउ



काठमाडौँ, २१ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले गएराति करिब ११:५० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा खानतलासी गर्दा प्रहरीले नगद रु १ लाख ५ हजार ६ सय ७०, २८ बुक तास (२४ बुक नखुलेको र ४ बुक खुलेको) तथा ६ थान लङ्गुर बुर्जा बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आज बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।