समाचार

खैरो हेरोइनसहित ४ जना पक्राउ



काठमाडौँ, २१ कार्तिक । सुर्खेतमा ठूलो मात्रामा लागु औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ करेखोलास्थित रुपेश घर्ती मगरसहित २ जनालाई शुक्रबार ३.१९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानक्रममा लागु औषध कारोबारमा संलग्न नवराज चालिसे र बालाराम पौडेललाई समेत थप ८.८३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ । योसँगै पक्राउ परेका व्यक्तिहरूबाट जम्मा १२.०२ ग्राम लागु औषध खैरो हेरोइन बरामद भएको छ ।

पक्राउ परेकामध्ये नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचय पत्र र रुपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिको प्रमाण पत्र समेत फेला परेको प्रहरीले जनाएको छ ।