झापा, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्दीय उपाध्यक्ष राम बहादुर थापा (बादल)ले बालेन शाह नेतृत्वको सरकारले पश्चिममा शत्तिहरूकाे स्वार्थ पुर्ति गर्न सकेनन भने उनीहरूले नै याे सरकारलाई विघटन गरि दिने बताउनु भएको छ ।
नेकपा (एमाले) दमक नगर कमिटीको आयोजनामा शुक्रबार पार्टी कार्यालय निर्माण र पुनःनिर्माणमा सहयोग पुर्याउनुहुने सहयोगदाताहरूलाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वाेधन गदै केन्द्रीय उपाध्यक्ष थापाले साे कुरा बताउनु भएको हाे ।
एमाले दमक नगर अध्यक्ष रामप्रसाद पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रमलाई नेता थापाले सम्वाेधन गदै एमाले, कांग्रेस, तत्कालीन माआेवादी लगायतका दलले पश्चिमी शत्तिकाे स्वार्थ पूरा नगरेपछि उनीहरूकाे पार्टी कार्याालय र नेता कार्यकर्ताकाे घर भवन जलाएर ध्वस्त परेकाे बताउनु भयाे ।
पश्चिमी शत्ति सदाम हुसेन ,विमलादेन आफैले उठाएर पछि वाधक बनेपछि पश्चिम शत्तिले खतम पारेको उदाहरण उहाँले पेश गर्नु भयाे । कार्यक्रममा पार्टी कार्याालय स्थापनाकाे सहयोग गर्ने दाता तथा गत २०८२भदौ २४गतेकाे जेनजी ताेडफाेडपछि ध्वस्त पार्टी कार्याालय पुनः निमार्णमा सहयोग गर्ने दाताहरू नेता कार्यकर्ता र शुभेच्छुकलाई सम्मान पत्र प्रदान गरिएको थियाे ।
साेही कार्यक्रममा दमक-९ मा रहेकाे पार्टी कार्याालय निमार्णका लागि जग्गा दान दिने दाताहरू लक्ष्मी प्रसाद बराल,लक्ष्मी देवी बराल,खेम बराल र दिपा दाहाल बराललाई प्रमुख अतिथि नेता थापाले सम्मान गर्नु भएको छ । कार्यक्रममा एमाले काेशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण तथा पुनः निर्माण समिति संयाेजक अम्बिका खनालले पुनः निर्माणकाे विषयमा जानकारी दिनु भयाे ।










प्रतिक्रिया दिनुहोस्