काठमाडौँ, २१ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
आज काठमाडौँमा पत्रकारहरुसँग कुरा गर्दै उनले कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन् ।
उनले भने, “सर्वोच्चमा गएको छ । मलाई विश्वास छ, सर्वोच्चले आईजीपीमाथि जुन अन्याय भा’छ, न्याय गर्छ सर्वोच्चले भन्ने मेरो विश्वास छ । मलाई अन्याय भएकै लाग्छ,” ।
आन्दोलनको तयारीका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो सकिएपछि समीक्षा गरेर मात्र अगाडिको योजना बनाइने उल्लेख गरे ।










प्रतिक्रिया दिनुहोस्