सुनसरी, २२ कार्तिक । इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ ।
गएराति करिब २३:५० बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्