काठमाडौँ, १ मंसिर । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाललाई पक्राउ गारो हो ।
१ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा. प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
उक्त भ्यान नख्खुचोक तर्फबाट अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । भ्यानभित्रको बोराबाट प्रहरी स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ । उनीहरूबाट १ हजार दरका १ करोड ९ लाख ८७ हजार रुपैयाँ, ५ सय दरका ५१ लाख ५० हजार, १ दरका ५ लाख, ५० दरका ४२ लाख ६ सय, २० को दरका ४२ हजार ३६०, १० दरका १० हजार २७०, ५ दरका १ हजार रुपैयाँ बरामद गरेको छ ।










प्रतिक्रिया दिनुहोस्