समाचार

रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ



काभ्रेपलाञ्चोक, १ मंसिर । प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

मंगलबार रिसोर्टमा शंकास्पद गतिविधि गरिरहेको आशंकामा ३१ जना पुरुष र ५ जना चिनियाँ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए । दुईवटा ठूला हलमा धेरै संख्यामा मोबाइल, ल्यापटप र कम्प्युटर फेला परेको प्रहरीले जनाएको छ ।

चिनियाँ नागरिकहरूले एक महिनादेखि सो रिसोर्ट भाडामा लिएर अवैध गतिविधि सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।