समाचार

तारकेश्‍वरमा करिब १ लाख बराबरको धनमाल चोरी



काठमाडौँ, २ मंसिर । काठमाडौँको तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ ।

तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी ३१ वर्षीया उर्मिला भण्डारीको कोठाबाट सुनको गहना र नगद समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।