काठमाडौँ, ४ मंसिर । पर्साबाट चेक अनादर (बिगो भरिभराउ) मुद्दामा दुई वर्ष कैद सजाय ठहर भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी ४६ वर्षीया सबरुन नेशा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई बिहिबार वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली चोकबाट नियन्त्रणमा लिएको हो ।
नेशाविरुद्ध चेक अनादर (बिगो भरिभराउ) मुद्दामा पर्सा जिल्ला अदालतले दुई वर्ष कैद सजाय ठहर गरेको थियो । अदालतको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्